बाबुराम, जनार्दन र सन्तोष परियारबीच पाँच बुँदे सहमति, मंसिर ७ गते एकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नुभएका नेता सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग पाँच बुँदे सहमति गर्नुभएको छ ।
आगामी मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्नेगरी रास्वपाका निवर्तमान प्रमुख सचेतक परियारले सहमति गर्नुभएको हो ।
हमतिपत्रमानेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेता परियारले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपत्रमा भनिएको छ, “एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउन सहमति जनाउँदछौँ, देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेष गरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।”
सहमतिपत्रमार्फत उहाँहरूले भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न पनि अपिल गर्नुभएको छ ।
उहाँहरूले भन्नुभएको छ, “विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबैखाले मुक्ति आन्दोलनदेखि पछिल्लो जेनजी आन्दोलनसम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ, घाइते, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”





प्रतिक्रिया राख्नुहोस्