राजनीति

बाराको सिमरामा जेनजी र एमाले युवाबीच झडप

बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता-कार्यकर्ताबीच झडप भएको छ । एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।

बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेलामा सहभगी हुन काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो ।

झडप भएपछि जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा जाँदै थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.