जन सरोकार

सिमराका सबै उडान रद्द, एमाले नेताहरू जाने तय भएको जहाज धावनमार्ग नपुग्दै फर्काइयो

सिमरा विमानस्थल क्षेत्रमा तनाव सिर्जना भएपछि बुद्ध एयरले आजका लागि निर्धारित सबै उडान रद्द गरेको छ । उक्त विमानस्थलमा बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो ।

बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेलामा सहभगी हुन काठमाडौंबाट दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

तर सिमरामा जेनजी र एमाले युवाबीच झडप भएपछि सिमरा विमानस्थल क्षेत्रमा तनाव ग्रस्त भएको थियो । त्यस्तै आक्रोशित युवा समूहले सिमरा विमानस्थलको गेट तोडेका छन् ।

आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.