विश्व समाचार

हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी

बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

वाजेदले भारत सरकारलाई यो अनुरोधलाई कसरी सम्हाल्ने भनेर राम्रोसँग थाहा भएको जनाउदै भारत सरकारले यस्तो अवैध अनुरोधको जवाफ नदिने भन्दै भारतीय लोकतन्त्र र विधिको शासन माथी विश्वास व्यक्त गर्नु भएको छ ।

बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार शेख हसिना र उहाँका निकट सहयोगी, पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

यसैगरी तेस्रो अभियुक्त, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल–मामुनलाई सन् २०२४ मा जुलाई–अगस्ट विद्रोहको क्रममा “मानवता विरुद्धको अपराध“ गरेकोमा राज्य साक्षी बनेको कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

हसिनाले आफ्नो विरुद्धमा गरिएको फैसलाको जवाफ दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र अध्यक्षता गरेको धांधलीयुक्त न्यायाधिकरणले गरेको निर्णयमा कुनै लोकतान्त्रिक जनादेश नभएको बताउनु भएको छ ।

यस अघि, विदेश मन्त्रालयले शेख हसिनासँग सम्बन्धित बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले घोषणा गरेको फैसलालाई भारतले ध्यानमा राखेको र भारत बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध रहेको बताएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.