अर्थसेयर बजार

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।

बुधबार ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् ।

बुधबारको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार उर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी गुमाउनेमा कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ । कारोकार रकमको आधारमा बुधबार वरुण हाइड्रोपावरको सबैभन्दा बढी रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको करोबार भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.