जन सरोकार

घ्याङ गुठीका प्रमुख लामा हटाउनु आचारसंहिता विपरीत भन्दै आयोगमा उजुरी

निर्वाचन आचारसंहिताविपरीत गुठी संस्थानले श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोग

संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

आयोगले माघ ४ गते राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । आचारसंहिताको दफा ३ को (ज)मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ ।

संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको उहाँको सचिवालयका हरिश गोले तामाङले जानकारी दिनुभयो । संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा परेका उजुरीको छानबिन गरी अहिले विभिन्न राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र संस्था गरी अहिलेसम्म आयोगले १५ स्पष्टीकरण सोधिसकेको सहायक प्रवक्ता जिसीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.