राजनीति

‘दाङको समृद्धिको नेतृत्व एमालेले गर्छ’

नेकपा (एमाले) महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले दाङको समृद्धिको लागि एमालेको नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको दाबी गर्नुभयो । उहाँले विगतका वर्षमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“केन्द्रमा एमालेको उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन”, उहाँले भन्नुभयो, “यो निर्वाचनमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ ।”

पोखरेलले दाङको पर्यटन प्रवद्र्धनतर्फ ध्यान दिँदै बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.