विश्व समाचार

सुरक्षा खतराको कारण निवासभन्दा बाहिर जानुभएका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता

मङ्गलबार राति सुरक्षा खतराको कारण निवास बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि क्यानबेरास्थित निवास ‘द लज’ मा फर्किनुभएको छ।

अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’ को सम्बन्धमा जवाफ दिएको पुष्टि गरेको छ । खानतलासी पूरा भएपछि प्रधानमन्त्री निवासमा फर्किनुभएको छ।

“प्रधानमन्त्रीको निवासमा ‘कथित सुरक्षा’ चेतावनीपछि सुरक्षा सुनिश्चितताका लागि गहन खोजी गरिएको थियो तर त्यहाँ कुनै पनि शङ्कास्पद कुरा फेला परेन,” सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा छैन।”

अष्ट्रेलियामा हालैका महिनाहरूमा प्रधानमन्त्री र अन्य सङ्घीय राजनीतिज्ञहरूको सुरक्षाका लागि खतरा बढेको छ । गत अक्टोबरमा एएफपी आयुक्त क्रिसी ब्यारेटले राजनीतिज्ञहरूलाई निशाना बनाउने लगायतका खतराहरूको सामना गर्न र त्यस्ता अवाञ्छित घटनाहरूलाई मध्यनजर गर्दै नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान टोली गठन गरिएको घोषणा गर्नुभएको थियो ।

उहाँले यस महिनाको सुरुमा सिनेटको एक कार्यक्रम उद्घाटन वक्तव्यमा घृणा र हिंसा देशका राजनीतिज्ञहरू, अन्य पदाधिकारीहरू र अष्ट्रेलियाको यहूदी समुदायका सदस्यहरूप्रति निर्देशित भएको बताउनुभयो । टोलीहरू स्थापना भएदेखि अष्ट्रेलियामा २१ व्यक्तिहरूलाई अभियोग लगाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.