जापान

जापानद्वारा तेहरानमा हिरासतमा रहेका जापानी नागरिकलाई रिहा गर्न माग

जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ ।

जापानको उप प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार विदेशी मिडियासँगको कुराकानीमा ती नागरिकलाई जनवरी २० मा हिरासतमा लिइएको मात्र पुष्टि गर्नुभयो ।

उहाँले गोपनीयता र सुरक्षा कारण देखाउँदै थप विवरण दिन अस्वीकार गर्नुभयो । ओजाकीले भन्नुभयो, “सरकारले आवश्यक सहयोग प्रदान गर्दै बन्दी र उनको परिवारसँग सम्पर्कमा रहेको छ ।”

विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार जापानी अधिकारीहरूले बन्दीसँग व्यक्तिगत रूपमा भेट्न अनुमति पाएका छैनन् तर स्वास्थ्य राम्रो रहेको विश्वास गरिएको छ । मन्त्रालयले पनि बन्दीको पक्राउ कहिले र कुन अभियोगमा गरिएको भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इरानमा करिब २०० जना जापानी नागरिक बसोबास गर्दै आएको छन् । तिनमा १५० जना राजधानी तेहरानमा छन् । जापान सरकारले यसको सुरक्षा र संरक्षण सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.