क्रिकेटखेल

प्रधानमन्त्री कपमा पुलिसको फराकिलो जित, एपिएफ १ सय ८५ रनले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा एपिएफ क्लबलाई १ सय ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५५ रनको कीर्तिमानी रन बनाएको थियो । यो योगफल प्रतियोगिताको इतिहासमा बनेको सर्वाधिक ठूलो हो । यसअघि एपिएफले २०१८ को तत्कालिन प्रदेश नम्बर २ विरुद्ध ३ सय ३९ रन बनाएको थियो ।

पुलिसका लागि शंकर रानाले ५४ बलको सामना गरेर ५ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए नहने ओपनर दिनेश खरेल ५२ बलमा ६० रन जोडे । यस्तै आरिफ शेख ४२ बलमा ५० रन जोड्दा रशिद खानले ४२ बलमा ४४ र दिल्शाद अलि ३० बलमा ५१ रनमा अविजित रहे । एपिएफका लागि कमल सिंह ऐरी र अमरसिंह राउटेलाले समान दुई-दुई विकेट लिए भने कप्तान रोहित पौडेल, नन्दन यादब, युवराज खत्रीको भागमा समान एक-एक विकेट रह्यो ।

पुलिसले प्रस्तुत गरेको ३ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । एपिएफका लागि नन्दन यादवले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए कमलसिंह ऐरीले ३५ रन बनाए ।

यस्तै कप्तान रोहित पौडेलले ११ रन जोड्दा आसिफ शेखले १८, सन्दीप जोराले २४ र पुरन विकले २० रन बनाए । पुलिसका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, रशिद खान र दिनेशखरेलको भागमा समान दुई-दुई विकेट रह्यो ।

जितसंगै पुलिसले दोस्रो खेलमा पहिलो जित हात पार्दै दुई अंक जोडेको छ भने समान खेलमा एपिएफको पनि दुई अंक नै रहेको छ । पुलिस पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदा एपिएफले भने पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.