अर्थ

आठ महिनामा एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

नेपालको वैदेशिक व्यापार घाटामा पेट्रोलियम पदार्थको ठूलो हिस्सा रहेको छ । इन्धन र ऊर्जाका रुपमा जलविद्युतलाई अधिकतम उत्पादन र उपयोग गर्न नसक्दा ठूलो परिमाणमाा पेट्रोलियम पदार्थ आयात गर्नु परिरहेको छ ।

हरेक वर्ष इन्धन आयातको मात्रा बढिरहँदा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसै गरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।

सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.