खेलफूटबल

साम्बाको घुँडाको सफल शल्यक्रिया

नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । मंगलबार साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै घुँडाको सफल शल्यक्रिया भएको जानकारी दिएकी हुन् ।

न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीबाट आफ्नो शल्यक्रिया सफलतापूर्वक सकिएको बताएकी छन् । कतारस्थित एस्पेटार अस्पतालमा उपचार गर्ने योजना रहे पनि खाडी क्षेत्रको अवस्थाका कारण त्यहाँ जान कठिन भएपछि न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले जानकारी दिएकी छिन् ।

उनले अवस्था सामान्य भएपछि डाक्टरको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्नेछिन् । अस्ट्रेलियन ‘ए’ लिग विलिंटन फिनिक्सबाट खेल्दै आएकी‌ साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् । बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपर सँग ठोक्किँदा उनको दायाँ घुँडामा चोट लागेको थियो ।

चोटपछि उपचारका लागि ठूलो रकम आवश्यक परेपछि साम्बाले सहयोगको अपिल गरेकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अपेक्षित सहयोग नपाएपछि उनले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगका लागि अपिल गरेकी थिइन् । उनले उपचारको लागि ‘लागि २४ घण्टामै डेढ करोड रुपैयाँ जुटेको थियो ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् । साम्बाले यस कठिन समयमा साथ दिने वेलिंगटन र अकल्यान्डस्थित नेपाली समुदाय, आफ्नो क्लब वेलिंगटन फिनिक्स तथा व्यवस्थापन टोलीप्रति आभार व्यक्त गर्दै अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने बताएकी छन् ।

साथै समर्थकको साथ र मायाले आफूलाई पुनरागमनका लागि प्रेरणा मिलेको बताउँदै अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित रहने उल्लेख गरेकी छन् । साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.