जन सरोकार

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

दैलेखको सदरमुकाम दैलेख बजारस्थित फूलबारी विद्या मन्दिरमा एसइई परीक्षार्थीलाई लक्षित गरी पाँच दिने योग विज्ञान तथा उत्प्रेरणा शिविर सुरु गरिएको छ ।

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

योग अभ्यास र उत्प्रेरणा पतञ्जली योग समिति दैलेखको सहयोगमा बुधबारदेखि हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म योगाभ्यास सञ्चालन गरिने जनाइएको छ ।

तनावमुक्त, अनुशासित र उच्च मनोबलका साथ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन योग महत्वपूर्ण हुने भएकाले शिविर आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुवासकुमार थापाले बताउनुभयो ।

पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापा र महिला प्रशिक्षक भगवती थापाले योगको मापदण्ड अनुसार विद्यार्थीलाई प्रशिक्षण दिने जनाइएको छ ।

शिविरमा योगका आसन र प्राणायामका साथै स्वस्थ्यकर खानपान, असल संस्कार र सकारात्मक जीवनशैलीका विषयमा विद्यार्थीलाई प्रशिक्षित गरिने उहाँले आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.