अर्थकर्पोरेट/पर्यटन

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको गिरावट हो ।

सोमबार ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा लघुवित्त समूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.