अर्थ

चार हजार छ सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.