राजनीति

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आज यहाँ आयोजित ५९ औँ वार्षिक साधारणसभामा उहाँले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताउनुभयो ।

देशको पर्यटन क्षेत्रको विकासका खातिर नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापनको व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा पर्यटनमन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.