क्रिकेटखेल

दीपेन्द्रसिंह ऐरी आइसिसी ‘टी–२० अलराउन्डर’ वरियताको तेस्रो स्थानमा उक्लिए

नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् । जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन् । उनीहरूको रेटिङ अङ्क क्रमशः ३२० र २७५ रहेको छ ।

आसन्न एसिसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा ऐरी वरियताको शीर्ष स्थानमा उक्लिने सम्भावना छ । यस्तै, ‘टी–२० अलराउन्डर’ वरियतामा नेपालका कुशल भुर्तेल २७औँ, रोहितकुमार पौडेल ५४औँ, गुलशन झा ८२औँ र कुशल मल्ल ९०औँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.