जन सरोकार

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

तीन जना पक्राउ

भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार गरगहना सफा गरिदिने बाहनामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.