राजनीति

जितपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ ।

पूर्वमन्त्री घिसिङले आज विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गर्नुभएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको यही भदौ २ गते शव सोही स्थानको एक घरमा भेटिएको थियो । प्रहरीका अनुसार बालिकाको करणीपछि हत्या भएको हो ।

उज्यालो नेपालले बालिकामाथि भएको जघन्य अपराधले समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै पीडितलाई न्याय दिन माग गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.