कला/मनोरन्जनकलिउड

‘पेन्सनपट्टा’ चौथो हप्तामा, साढे आठ करोड कमाई- जापानमा प्रदर्शनको मिति तय

मौलिक चलचित्रका लागि ख्याति कमाउनुभएका लेखक, निर्देशक तथा अभिनेता माओत्से गुरुङको पछिल्लो चलचित्र ‘पेन्सन पट्टा’ असोज १६ गते शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको छ ।

चौथो हप्तामा आइपुग्दा चलचित्रले पाउँदै आएको शो र दर्शकको उपस्थितिमा उल्लेख्य कमी आएको छैन । निर्माण पक्षका अनुसार पेन्सन पट्टाले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने सुरुको हप्ताभन्दा बढी शो पाएको छ ।

मण्डला थिएटरमा ‘मीट एन्ड ग्रीट’

चौथो हप्तामा प्रवेश गरेको अवसरमा चलचत्रिको सम्पूर्ण टिम शुक्रबार काठमाडौंमा भेला भएर पत्रकारहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ।

मण्डला थिएटरमा आयोजित ‘मीट एन्ड ग्रीट’ तथा पत्रकार भेटघाट कार्यक्रममा कलाकार तथा निर्माण टिमले फिल्मको सफलता, दर्शकको प्रतिक्रिया र निर्माण अनुभवबारे सञ्चारकर्मीसँग कुराकानी गरेका थिए।

चलचित्र निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङले ‘पेन्सन पट्टा’को सफलताले आफूहरूको मेहनतलाई प्रमाणित गरेको बताउनुभयो । उहाँले दुःख र मेहनत गरेर निर्माण गरिएको चलचित्रलाई दर्शकले माया र साथ दिँदा आफूहरू उत्साहित भएको बताउनुभयो ।

यसै गरी कार्यक्रममा अभिनेता दयाहाङ राईलाई चलचित्र चलाउन कलाकारको स्टारडम महत्वपूर्ण हुन्छ कि कथा भन्ने प्रश्नमा राईले स्टारडमभन्दा कथा नै बलियो हुने र कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि चलचित्र चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो ।’

Pension Patta

नेपालमा अपार सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र पेन्सनपट्टा यही अक्टोबर १२ (असोज २६ गते सोमबार) जापानकोा राजधानी टोकियोमाा प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शन हुने खबरसंगै जापानबासी नेपालीहरु चलचित्र हेर्न उत्साहित रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.