जापानबिशेष

‘पेन्सनपट्टा’ टोकियो प्रदर्शनको अनलाइन टिकट बुकिङ खुला (बुकिङ लिंकसहित)

नेपालमा एक महिनायतादेखि हाउसफुलका साथ प्रर्दर्शन भैरहेको सुपरहीट नेपाली चलचित्र ‘पेन्सनपट्टा’को टोकियोमा हुने प्रदर्शनको अनलाइन टिकट बुकिङ खुला भएको छ ।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा यही अक्टोबर १२, मा टोकियोस्थित मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियो १५३–००६३ मा चलचित्रको दुईवटा प्रदर्शन हुनेछ।

पहिलो प्रदर्शन दिउँसो १ बजे र दोस्रो प्रदर्शन अपराह्न ४ः३० बजे हुनेछ। टिकटको मूल्य ३ हजार येन निर्धारण गरिएको छ। आयोजकले यसअघि नै भौतिक टिकट बुकिङ खुला गरी सम्पर्क व्यक्ति र फोन नम्बर समेत सार्वजनिक गरिसकेको छ ।

टिकटका लागि अमर गुरुङ : ०९०–८५०२–४०७२, हर्क गुरुङ : ०८०–३५५७–४४२२, युक्तमान गुरुङ : ०९०–६०४७–३१७८, बुद्ध गुरुङ (आन्द्रे) : ०८०–६६५४–०९१४, सुनिता गुरुङ : ०७०–९००९–५६४६, पूजा गुरुङ : ०८०–५८७३–३९६२, रमेश गुरुङ : ०८०–३५८५–०१०९, हिमाली गुरुङ : ०८०–३३४७–२०२६, श्री गुरुङ : ०९०–४४५३–५३५०, दीपक पौडेल (एनआईटिभी) : ०९०–९१५४–३१५४, नवीन भट्टराई (एनआईटिभी) : ०८०–४९४९–६३७०, नवीन रेग्मी (एनआईटिभी) : ०८०–४९४९–६३८३ मा सम्पर्क गर्न सकिनेछ ।

अनलाइन बुकिङका लागि यहाँ क्लिक गर्नुहोस्

चलचित्रको कथासारमा पूर्वभारतीय सैनिक गङ्गाबहादुरको निधनपछि उनकी कान्छी श्रीमती छलमाया र छोरा राजन पेन्सनको अधिकार खोज्ने क्रममा आमाको नाम नै नभेटेपछि उत्पन्न तनाव रहेको छ ।

राजनले बुवाको विगत, दुई परिवारबीचको सम्बन्ध, बहुविवाहबाट सिर्जित पारिवारिक विखण्डन र सन्तानबीचको अधिकारको द्वन्द्वलाई चलचित्रमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

लाहुरेको अनुपस्थिति, परिवारको प्रतीक्षा, आर्थिक अभाव र मृत्युपछिसम्म कायम रहने सम्बन्धको जटिलतालाई कथाको केन्द्रमा राख्दै चलचित्रले गुरुङ समुदायको मौलिक संस्कृतिलाई रोचक किसिमले प्रस्तुत गरिएको छ ।

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको पेन्सनपट्टामा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, स्वर्गीय सुनील थापा, पुष्कर गुरुङ, सुरज गुरुङ, मनोज गुरुङ, प्रतीक्षा गुरुङ लगायत कलाकारहरुको सशक्त अभिनय रहेको छ ।

‘पेन्सनपट्टा’ले केवल भूपू लाहुरेको कथा मात्र होइन, युवापुस्ताले बिर्संदै गएको गुरुङ समुदायमा रहेको धागो बाँध्ने, मामाकी छोरी विवाह गर्ने, रोधीलगायत सांस्कृतिक पक्षलाई चलचित्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.