कला/मनोरन्जनजापान

जापानमा ‘पेन्सनपट्टा’को आकर्षण, टोकियोमा तीनै शो हाउसफुल

नेपालमा पाँचौँ हप्तामा प्रदर्शन भइरहेको मौलिक नेपाली चलचित्र ‘पेन्सनपट्टा’ जापानमा रहेका नेपाली दर्शकमाझ पनि लोकप्रिय बनेको छ। अक्टोबर १२ सोमबार राजधानी टोकियोमा प्रदर्शन गरिएका चलचित्रका तीनवटै शो हाउसफुल भएका हुन्।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गरिएको हो।

सुरुमा दुई शो मात्र राखिए पनि दर्शकको चाप बढेपछि आयोजकले अन्तिम समयमा साँझको तेस्रो शो थपेका थिए। समयतालिकामा समेत केही हेरफेर गर्नुपरे पनि दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएका छन्।

माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको ‘पेन्सनपट्टा’ ले लाहुरे जीवन, पारिवारिक सम्बन्ध, पेन्सन अधिकार र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक द्वन्द्वलाई कथाको केन्द्रमा राखेको छ।

चलचित्रमा पूर्वभारतीय सैनिक गङ्गाबहादुरको मृत्युपछि उनकी पत्नी छलमाया र छोरा राजनले पेन्सनको अधिकार खोज्ने क्रममा आमाको नाम अभिलेखमा नभेटिएपछि उत्पन्न हुने समस्या र पारिवारिक विखण्डनको कथा प्रस्तुत गरिएको छ।

चलचित्रमा दयाहाङ राईले राजनको भूमिका निर्वाह गर्नुभएको छ। गौमाया गुरुङ, विल्सनविक्रम राई, पशुपति राई, बुद्धि तामाङ, स्वर्गीय सुनील थापा, पुष्कर गुरुङ, सुरज गुरुङ, मनोज गुरुङ र प्रतीक्षा गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.