खेलजापान

टोकियो ओलम्पिक आयोजनामा चुनौति, संक्रमण बढेसंगै संकटकालको सम्भावना

अघिल्लो वर्ष नै सम्पन्न भैसक्नुपर्ने टोकियो ओलम्पिक तथा पारा ओलम्पिक कारोना भाइरस संक्रमणका कारण सन् २०२१ का जुलाईमा गर्ने तय भए पनि कारोना संक्रमणको नयाँ लहरले खेल आयोजनामा थप चुनौति थपिएको छ ।

अबका सात महिना केही दिन अर्थात् जुलाई २३, २०११ र पारा ओलम्पिक २४ अगस्टबाट सुरु हुने तया तालिका सार्वजनिक गरिएको छ र खेल अवलोकनका लागि दर्शकहरुको संख्यालाई लिएर चिन्ता बढिरहेको छ । विदेशी दर्शकको संख्यामा पनि कटौती गर्ने गरी आयोजकले यही वसन्तमा दर्शकलाई खेल अलोकनको अनुमति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।

ओलम्पिक आयोजकका अनसार मार्चमा मसाल र्याली हुने छ भने मार्च र मे महिनामा स्थगित छनोट खेलहरु कोरोना भाइरस प्रतिरोधी उपायका साथ आयोजना गरिनेछ । ती खेलहरुका लागि स्वास्थ्य सहायता प्रणाली स्थापित गर्नु अर्को चुनौति रहेको छ ।

यसैबचि टोकियो महानगर सरकारले राजधानीमा कोरोना भाइरस संक्रमितको संख्या तीब्रगतिमा बढेपछि आवश्यक उपायका बारेमा छलफल गरिरहेको बताएको छ । आवश्यक उपायमध्ये केन्द्र सरकारसंग संकटकाल घोषणा गर्ने विषय समेत रहेको छ ।

टोकिोमा बिहिबार दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ । बिहिबार १ हजार ३ सय ३७ जना संक्रमित थपिएका थिए । यो संख्या पछिल्लो सबैभन्दा बढी भनिएकोभन्दा ४ सय बढी हो । राजधानी टोकियोमा मात्र ६० हजारभन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.