क्रिकेटखेल

टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा, शेर मल्ल र बसिर अहमद टोलीमा

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।

टोलीमा एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल र बसिर अहमदले टोलीमा मौका पाएका छन् । शेर पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश हुँदा बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका हुन् ।

नेपाली टोलीमा रोहित पौडेल कप्तानका रुपमा रहँदा दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । त्यस्तै, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी र लोकेश बम रहेका छन्।

आइसिसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी मा रहेको छ । उक्त समुहमा नेपालसहित इंग्ल्याण्ड, वेस्टइन्डिज, बंगलादेश र इटाली रहेका छन् । टी–२० विश्वकप अन्तर्गत नेपालको समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्ने भएको छ ।

नेपालले पहिलो खेल ८ फेब्रुअरीमा मुम्बईस्थित वान्खडे स्टेडियममा इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.