क्रिकेटखेल

क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेज’को ‘ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशनबीच मंगलबार सम्झौता भएको हो ।

क्रिकेटर शेर मल्ल 'गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस'को ब्रान्ड एम्बासडर

नेपाली खेलप्रेमीमाझ लोकप्रिय रहेका क्रिकेटर मल्ल आइसिसी टी–२० विश्वकप–२०२६ का लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीमा पर्न सफल भएका छन् । लुम्बिनी लायन्समा आबद्ध मल्ल गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेल प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका थिए ।

उनी नेपाली सिनियर टोलीबाट पहिलो पटक विश्वकप क्रिकेट खेल्ने भएका छन् । मल्ल यसअघि एनपिएलको पहिलो संस्करण विजेता जनकपुर वोल्ट्समा आवद्ध थिए ।

क्रिकेटर मल्लले गौतम एजुकेशनसँग जोडिन पाउँदा खुशी लागेको बताए । गौतम एजुकेसनका कार्यकारी निर्देशक इन्द्रजीत गौतमले मल्ल जस्तो उदीयमान खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।

उनले देशभर विभिन्न जिल्लामा रहेका विद्यालयमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि सहयोग गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.