पृथ्वीभन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयोगी ग्रह
पृथ्वीबाहेक चन्द्रमामा मानव बस्ती बसाउन सकिने, मंगल ग्रहमा पानी भएको जस्ता तथ्यहरु पत्ता लागिरहेका बेला अमेरिकी अन्तरीक्ष संस्था नासाले मानव बसोबासका लागि उपयुक्त हुने खालको नयाँ ग्रह फेला पारेको बताएका छ ।
सिएनएनका अनुसार नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा सो ग्रह पत्ता लागेको हो । सो कुराको जानकारी होनोलुलुमा सोमबार आयोजित अमेरिकी एस्ट्रोनोमी सोसाइटिको २३५औं बैठकमा गराइएको हो ।
नासाले स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको र ग्रह मानव बसोबासका लागि उपयुक्त भए नभएको भन्ने बारे थप अध्ययन आवश्यक रहेको बताइएको छ ।
पृथ्वीकै आकारको टीओआई ७०० नाम दिइएको सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेका जनाइएको छ । सो ग्रहलाई तीनवटा ताराले परिक्रमा गरी रहेको र त्यसमा तरल अबस्थामा नै पानी सतहमा रहेको अनुमान गरिएको छ । साथै उक्त ग्रहमा अक्सिजन भए नभएको बारे भने अध्ययन हुन बाँकी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्