खेल

एन्फा पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर शाहीको निधन

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको दैलेखको चौतारामा गत आइतवार राति निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

शाहीले नेपाली नेपाली राष्ट्रिय टोलीबाट सन् १९७८ देखि १९८८ सम्म खेलेका शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी शिव खडकाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए।

सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा टोलीका महत्वपूर्ण खेलाडी रहेका शाहीले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए ।

यसैबीच शाहीकाे निधनमा जापान नेपाल फुटवल एसाेसीएसनले समेत शाेक वक्तव्य जारी गदै राष्ट्रले खेलकुदकाे खम्वा गुमाएकाे भन्दै दुख व्यक्त गरेकाे छ।

सम्बन्धित खबर

Back to top button