सभापति देउवाले विशेष महाधिवेशनपछि निर्णय लिने, शेखर कोइराला पनि छलफलमा व्यस्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक पक्षधरले बोलाएको विशेष महाधिवेशन वैधानिक नभए पनि यसले लिने निर्णयपछि आफूले निर्णय गर्ने बताउनुभएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भैरहेको विशेष महाधिवेशनको आज सोमबार बन्दसत्र सुरु भएको छ । उता सभापति देउवा भने आफ्ना पक्षधर नेताहरुसंग छलफलमा हुनुहुन्छ ।
सोमबार विहान आफूसँग भेट गर्न आएका नेता, कार्यकर्तासँग सभापति देउवाले विशेष महाधिवेशन पक्षक्षले पार्टी फुटाउन प्रयास गरेके भन्दै सो कुरा बताउनुभएको हो ।
भेटका क्रममाा सभापति देउवाले पार्टी फोड्ने प्रयास गरेको आरोप लगाउँदै आफूले त्यस्तो हुन नदिने, पार्टी नफुट्ने र विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने पनि बताउनुभयो ।
संस्थापन पक्षकै केही नेताहरु बिहान देउवालाई भेट्न गएका समयमा उहाँले विशेष महाधिवेशन वैधानिक नभएको पनि बताउनुभयो ।
त्यसै गरी पार्टीका अर्का नेता डा. शेखर कोइराला पनि आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफलमा व्यस्त रहनुभएको छ । गरिरहेका छन् ।
कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको समाचारमा जनाइएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत सहभागी छन् ।





प्रतिक्रिया राख्नुहोस्