‘बूढाको चौर’मा पृथ्वी जयन्ती तथा जागरुक महाअभियानको अधिवेशन
काठमाडौंको पूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकाका युवाहरुले समाजका लागि जागरण र एकता स्थापना गर्ने उद्देश्यसहित गठन गरिएको जागरुक महाअभियानको आवाज मण्डलले आफ्नो दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सुरेश बस्न्यातको सभापतित्व तथा काठमाडौं क्षेत्र नं. ३ का पूर्व सांसद तथा अर्थसमितिका पूर्व सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्यका रुपमा महाअभियानका सदस्य कवि प्रकाश तिमिल्सिनाको एकता शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसालको विशेष आतिथ्य तथा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा, सोही नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम महत, वडा नंं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष राजिब थापा तथा वडा सदस्यहरु उमेश चालिसे र श्रीकृष्ण कारञ्जित तथा राष्ट्रिय शहीद पार्कका संयोजक सुदर्शन सिग्देलको आतिथ्यता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चालिसेले राष्ट्रको एकता भंग हुँदै भ्रमित हुँदै गैरहेको समाजमा युवाहरुले यसरी जागरुक भएर एकता दिवस मनाउनु र आफ्नो संस्थामार्फत गाउँ समाजलाई जोड्ने काम गर्नु सह्रानीय भएको बताउनुभयो ।
उहाँले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेका भए हामी अहिले नेपाली भएर बस्न नपाउने बताउँदै पुर्खाको योगदानको कदर गर्ने परिपाटी हराउँदै जानु दुःखद भएको बताउनुभयो ।
त्यसै गरी नगरप्रमुख रिसालले राष्ट्र जोगाउने, एकीकृत गर्ने मात्र होइन नेपालको सीमा टिसटाा काँगडासम्म पुर्याएर चन्द्रसूर्य अंकित झण्डा फहराउने राष्ट्रनिर्माताको शालिक समेत फोड्नेहरुले देशभक्ति चिन्न र बुझ्नै नसकेको बताउनुभयो ।
उहाँले जागरुक महाअभियानले सुरु गरेको कार्यक्रमहरुलाई सदा साथ रहने बचन दिंदै यस वर्ष रु. १० लाख बजेट विनियोजन गरिएको र आवश्यक परेका बखत अरु बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अतिथिको आशनबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिब थापाले समाजलाई वडाका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने र तत्काल गर्नुपर्ने प्राविधिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभयो ।
त्यसै गरी अतिथिको आशनबाट राष्ट्र्रिय शहीद तथा निजामती पार्कका संयोजक सुदर्शन सिग्देले अभियानले चालेको हरेक काममा साथ दिने र आवश्यक पूर्वाधारका लागि वनमा उपलब्ध काठ प्रयोग गर्न दिने प्रतिबद्धता जनाउनुभयो ।
एकता दिवस तथा संस्थाका अधिवेशन उद्घाटन सम्पन्न भएपछि नयाँ कार्यसमिति चयनको प्रक्रिया थालिएको थियो । सो क्रममा अध्यक्ष सुरेश बस्न्यातले वार्षिक प्रगति विवरण पेश गर्नुभएको थियो ।

पुस २७ गते ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्र्यापणबाट सुरु भएको अधिवेशनले अध्यक्ष बस्न्यातकै नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जय पौडेल, सचिवमा आविष्कार सिग्देल तथा कोषाध्यक्षमा राजेन्द्र कुमार थापा निर्विरोध निर्वाचित हुनुभयो । यसै गरी कार्यसमिति सदस्यहरुमाा यादब देवकोटा, प्रनिश घिमिरे, अनुज पौडेल, राजेश दाहाल र कवीर बजगाईलाई निर्विरोध निर्वाचित गरेको छ ।
जागरुक महाअभियानले गोकर्णेश्वर नगरपालिकामा रहेको राष्ट्रिय शहीद तथा निजामती पार्कको एक खण्ठ (स्थानीयबासीले बूढाको चौर भन्ने गरेको)मा योग ध्यान आश्रम र बुढाको चौतारी बनाउने तयारी गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्