नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ । पछिल्लो समय अमेरिकी मिलेनियम कोअपरेशन (एमसीसी)मार्फत नेपाल अमेरिकी सैन्य गठबन्धनमा सामेल हुन लागेको आशंका भैरहँदा मन्त्री ज्ञवालीको सो भनाई आएको हो ।
मंगलबार गुल्मीमा सुरु भएको दोस्रो रुरु महोत्सवको गुल्मीमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट पार्दै सो कुरा बताउनुभएको हो ।
मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताउनुभयो । ‘रुरु महोत्सव गौरव हो हाम्रो, संवद्र्धन गरौंँ धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्