राजनीति
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा जानुभएको छ ।
बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ जानुभएको हो ।
राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्