जन सरोकार

देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार बढी, उपत्यकामा मात्रै ४२ हजार

नेपालमा एक हप्तायता कोरोना संक्रमण तीब्ररुपमा फैलिंदै गएको छ । दैनिक संक्रमितको संख्या बढेसंगै सक्रिय संक्रमित पनि बढेर ६५ हजार नाघेको छ र यसमा आधाभन्द्या बढी काठमाडौं उपत्यकामा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । यसमध्ये उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ हजार ५६ रहेका छन् ।

काठमाडौं जिल्लामा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ६८८ पुगेको छ । ललितपुरमा सात हजार १४५ र भक्तपुरमा चार हजार २२३ सक्रिय सङ्क्रमित रहेका छन् ।

संक्रिय संक्रमित कहाँ कति ?

सक्रिय सङ्क्रमितमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसन छन् । प्रदेश १ मा ६४७४, मधेस प्रदेशमा २४ सय १३, बाग्मती प्रदेशमा ४५ हजार ८०६, ,गण्डकी प्रदेशमा ३८ सय ६६, लुम्बिनी प्रदेशमा ३२ सय ९३, कर्णली प्रदेशमा ४१९, सुदूरपश्चिमममा १४ सय ६३ जना रहेका छन् । मन्त्रालयका अनुसार एक हजार ६४० जना संस्थागत आइसोलेसन छन् ।

प्रदेश अनुसार प्रदेश १ मा ९१, मधेस प्रदेशमा २, बाग्मती प्रदेशमा ९८९, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा १७४, कर्णली प्रदेशमा ९, र सुदूरपश्चिममा २९७ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १९४ र भेन्टिलेटरमा ३५ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा ३५ जना आइसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा दुई जना आइसीयूमा, बागमती प्रदेशमा ११५ आइयीयूमा र २८ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, गण्डकी प्रदेशमा १९ जना आइसीयूमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा २० जना आइसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा कुनै पनि संक्रमिक्त आइसीयूमा र भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिममा तीन जना आइसीयू र एक जना उपचाररत छन् ।

१५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित
मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, बाँके कास्की, रुपन्देही र कैलाली गरेर १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, नुवाकोट ,धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, दाङ, सुर्खेत र कन्चनपुर गरेर १५ जिल्लामा दुईभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

२४ घण्टामा आठ हजार ८१५ जना कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा आठ हजार ८१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ४७४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८८८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५।४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ

नेपालमा ५० लाख ९३ हजार ८२३ जनामा आरटी पीसीआर गर्दा ८ लाख ९६ हजार ५८४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ९ लाख १२ हजार २९७ जनाको एन्टिजेन परीक्षण गर्दा १ लाख १० हजार ७ जनामा कोरोना पुष्टि भएको छ।

नेपालमा ९१.४ प्रतिशत संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ। मन्त्रालयका अनुसार नेपालमा ८ लाख १९ हजार ५७५ जनासंक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा ११ हजार ६३५ जना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

सरकारले नेपालमा अलिहेसम्म दुई करोड ८९ लाख ९७ हजार १६६ मात्रा खोप लगाइसकेको छ। जसमा एक मात्रा एक करोड ६२ लाख ३७९ ले एकमात्रा र एक करोड २७ लाख ४६ हजार ५८०ले पूर्णमात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा खोप लगाउनेको संख्या ५० हजार २०७ पुगेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.