राजनीति

प्रचण्ड–माधव समूहको नेकपाद्वारा १५ दिने आन्दोलनको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले १५ दिने आन्दोलनको घोषणा गरेको छ ।

सोमबार संसद विघटनबिरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । संघर्ष समितिको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्नुभएको छ ।

घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा समेत सहभागी हुनेछन् ।

यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिले जनाएको छ । २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिनुभयो ।

भुसालले २८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौंमा उतार्ने उनले दाबी गर्दै प्रदेश २ बाट मात्र २५ हजारलाई काठमाडौं ल्याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.