जन सरोकार

२० मिटरको फरकका दुई खाल्डोमा दुई शव फेला

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा खनिएको दुई खाल्डो शंकास्पद लागी उत्खनन् गर्दा दुबै खाल्डोमा शव फेला परेको छ ।

उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को बिहीबार उत्खनन गरिएको अर्को खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिनुभयो ।

बुधबार प्रहरीले खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ । खाल्डोमा शव गाडेर नुन पनि हालेको पाइएको प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन ।

प्रहरीका दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.