स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि १-० को साँघुरिलो जित निकालेको हो ।

बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाका पेड्रीले एक गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए ।
यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोड्दै शीर्ष स्थानमा छ भने २१ अंक जोडेको जिरोना तालिकाको १२ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्