खरिपाटीबासी भन्छन्- हाम्रो सुरक्षाको ग्यारेन्टी खै ? हावाबाट कोरोना सरे के गर्ने ??
सरकारले चीनको हुवेमा रहेका नेपालीहरुलाई उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्रमा राख्ने तयारी गरेपछि सो क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । उनीहरु ल्याएका नेपालीहरु संक्रमित भएका रहेछनु र हावाबाट सर्यो भने हामीले के गर्ने भन्ने चिन्ता व्यक्त गरेका छन् ।
तालिमकेन्द्र आसपासमा घरखेत भएकाहरु आफूहरुलाई भाइरसबाट बच्ने उपाय पनि थाहा छैन, लागेमा हामीले के गर्ने, घरभित्रै बस्न त मिल्दैन कसरी बाँच्ने भन्ने प्रश्न उठाएका छन् । त्यसो त अहिलेसम्म सरकारी अधिकारीहरु आफूहरुलाई रोग सर्दैन, ढुक्क भएर बस्नुस् सबै व्यवस्था मिलाउँछौं भन्न समेत नआएको उनीहरुको गुनासो छ ।
सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणस्थित तालिम केन्द्रसहित तीन स्थानमा पूर्वाधार निर्माण तथा सरसफाइको काम भइरहेको जनाएका छन् । तर खरिपाटीका स्थानीयवासीले सरकारले आफ्नो ठाउँमा बिनाजनचेतना कोरोनाभाइरसको प्रकोप भएको क्षेत्रबाट आएका मानिसलाई ल्याएर राख्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
चीनमा मानिसहरूको मृत्यु भइरहेकोबाहेक कोरोनाभाइरसबाट कसरी जोगिने भन्ने आफूलाई थाहा नभएको उनीहरू बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्