प्रबास

कतारमा कोरोना संक्रमण : नेपालीलाई उच्च शतर्कता अपनाउन दूताबासको आग्रह

वैदेशिक रोजगारीका क्रममा चारदा बढी नेपाली रहेको कतारमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ ।

दूतावासले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो । कतारमा करीब चार लाख नेपाली विभिन्न पेशा-व्यवसायमा संलग्न छन् ।

दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ ।

यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ । इरानबाट उद्धार गरी ल्याइएका एक कतारी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.