गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिनुभयो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र सिल्भर कप र मेडल रहेको प्राप्त गर्नेछन् ।
त्यसै गरी द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल अनि सान्त्वना पुरस्कार दुई टिमलाई ५५,५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिनुभयो ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पूरा भएका हरेक टिमले अफिसियल सहित १२ जना खेलाडीसहित खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताउनुभयो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नु आफ्नो दायित्व ठानेर साथै खेलकूदको माध्यमबाट प्रवास तथा स्वदेशमा रहेका खेलाडीहरुलाई जोड्दै समग्र खेल क्षेत्रको विकाश गर्ने उद्देश्य राखी नेपाली नयाँ वर्षको अवसरमा खुल्ला मैत्रीपुर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आइरहेको सचिव दिनेश थापाले बताउनुभयो ।
यस वर्ष पनि सोहि कार्यक्रमलाई निरन्तरता दिदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पुर्ण मापदण्ड पुरा गरि सातौ वार्षिकोत्सव सहित प्रतियोगिता संचालन गरिने महासचिव कँडेलले बताउनुभयो ।
खेलाडीको हौसला र खेलकुदमार्फ़त अनुशासनको संस्कृति विकासका लागि वेष्ट प्लेअर, वेष्ट स्पाइकर, वेष्ट सटर, वेष्ट डिफ़ेन्सर, वेष्ट सर्भिसर सहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाईसिट मार्च १७ तारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जानकारी खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रम व्यवस्थित रूपमा संचालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरी विभिन्न उपसमिति बनाई कार्यविभाजन समेत गरिएको छ । जसमा आर्थिक समिति, प्रचार प्रसार समिति, हल ब्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खानारपानी ब्यवस्थापन, अतिथी ब्यवस्थापन, रेफ्रीरएम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालित मिराई लाईफ स्वास्थ्य बीमाले मिराई लाईफ उत्कृष्ठ खेलाडीको विशेष पुरस्कार प्रदान गर्ने बताइएको छ ।
प्रतियोगिता बिहान ९ बजेदेखि हिगासी कामता ओता सिटी सेन्टरमा संचालन हुनेछ । टिम सहभागिताका लागि आयोजकसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्