स्थानीयतह निर्वाचन

स्थानीय तहको निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड रुपैयाँ सुनिपश्चत गरेको छ । निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि सो रकम सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ।

बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयेगका प्रवक्ता शालिग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताउनुभएको हो ।

यसै गरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने उहाँले बताउनुभयो ।

स्थानीय तहमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र नै प्रकाशन हुने उहाँले जानकारी दिनुभयो। अहिले चुनावमा भाग लिन आयोगमा निवेदन दिएका ८० दलको जाँचबुझ भइरहेको छ।

स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीसमेत सम्बन्धित निकायबाट प्राप्त भइसकेको र यो जाँच बुझको क्रममा रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.