जन सरोकार

मृत अवस्थामा ११ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट ११ जना फेला परेका छन् । नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-६ नयाँ बाटोस्थित जंगलमा भारत उत्तर प्रदेश बस्ने ३५ वर्षीय अनिल कुमार सिंह गएराति मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

यसैगरी नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-२ नन्दपुरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१४ अईचावल बस्ने ४६ वर्षीय खडानन्द चौधरी सोही ठाउँ बस्ने खेमराज चौधरीको गोठ अगाडि खाटमा गएराति मृत अवस्थामा फेला परेका छन् ।

यस्तै लमजुङ, दुधपोखरी गाउँपालिका-१ ड्याम स्वारास्थित कुम बहादुर सार्कीको घरमा बस्दै आएका नुवाकोट बेलकोट गढी नगरपालिका-१२ घर भएका ४८ वर्षीय राम कुमार पुडासैनी पिढिको खाटमा गएराति मृत अवस्थामा फेला परेका छन् । उता गोरखा, चुमनुर्ब्री गाउँपालिका-२ लिही बस्ने ५१ वर्षीय कर्म छेवाङ सोही गाउँपालिका- ४ प्रोकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता बैतडी, दोगडाकेदार गाउँपालिका-१ रिम बस्ने ३७ वर्षीय बिर सिह कुँवर सुर्नया गाउँपालिका-२ सतबाँज चौराहस्थित सडक किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, लमही नगरपालिका-२ बरूवागाउँ बस्ने २८ वर्षीय नयन चौधरी सोही ठाउँस्थित बगरकुलोको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-६ नयाँबस्तीस्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, मध्यपुरठिमी नगरपालिका-९ राधेराधेस्थित हनुमन्ते खोलामा ईलाम, ईलाम नगरपालिका-३ घर भई काठमाडौं तिनकुने बस्ने २६ वर्षीय छत्र थापा बा. ८६ प ९७३० नम्बरको स्कुटरसहित सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ भदौरेस्थित सोलु खोलाको दहमा सुनसरी इटहरी उपमहानगरपालिका-१८ घर भई सोलुदुधकुण्ड नगरपालिका-११ स्थित तल्लो सोलु हाईड्रो पावर प्रालिमा काम गर्ने २४ वर्षीय राजन राई आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी इलाम, इलाम नगरपालिका-१ साखेजुङस्थित भुत्ते खोलामा सोही नगरपालिका-१ सानो साखेजुङ बस्ने ६६ वर्षीय रेश बहादुर राई आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.