राजनीति

परराष्ट्रको जिम्मा पाएको भोलिपल्टै भारतीय राजदूतको भेट

पुनर्गठित सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मोवारी लिएको भोलिपल्ट उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त उशिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राजदूत श्रीवास्तवले बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी मन्त्री श्रेष्ठसंग भेटवार्ता भएको हो । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रको जिम्मेवारी सम्हालेकामा श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच नेपाल–भारत द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.