जन सरोकार
सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने
सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । उनले आफूले बोकोको बन्दुकले घाँटीमा गोली हानेका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका हुन् ।
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्