राजनीति

गठबन्धन असहज लागे विश्वासको मत नदिए हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासका मत लिने प्रस्ताव गरेपछि भएको छलफलमा सत्ता गठबन्धनकै सांसदले बिरोध गरे ।

प्रधानमन्त्रीको प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले धोका भएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसदहरुका जिज्ञासाको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा बसेर धोका भयो भन्ने हो र सहज छैन भने सहज छैन भने हुन्छ भन्दै गठबन्धन छोड्न चुनौति दिनुभो ।

छलफलमा भाग लिने क्रममा पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइएको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको थियो ।

पाण्डेले आफैंले जन्माएको पार्टीलाई खोलाको बगरमा मुडा छोडिदिए जसरी छोडेर जानु घोर आपत्तिजनक रहेको भन्दै यस्तो षड्यन्त्रले देश उँभो लाग्दैन भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.