क्रिकेटखेल

विपक्षीले समेत ‘पारस’ सम्झिएको क्षण

खेलाडीहरुबीचको गुटबन्दी, क्यानको अहंताले गुम्यो मुखैमा आएको टी २० विश्वकप खेल्ने मौका

नेपाली क्रिकेटका लागि ‘भगवान’ मानिन्थे पूर्व कप्तान पारस खड्का । हुन पनि नेपाललाई डिभिजन ५ देखि टी २० विश्वकप हुँदै एकदिवसीय मान्यता दिलाउने क्रममा पारसको कप्तानी र प्रदर्शन इतिहासले सम्मान गर्दछ ।

अहिले पारस मैदानमा छैनन्, कप्तानी छाडेलगत्तै उनले खेल जीवनबाट सन्यास लिए । उनमा खेल्ने उमेर र ऊर्जा भरपूर बाँकी रहँदै राजीनामा दिनुको कारणबारे अनेक विश्लेषण र अनुमान भैरहे पनि पारसले ती विवादहरुबारे मुख खोलेका छैनन् ।

अस्ति भरखर मात्र पारस दशककै उत्कृष्ट खेलाडीको पुरस्कार पाए, जसको उनी हकदार थिए । नेपाली क्रिकेटमा उनको योगदान भुल्न सकिन विषय नै हैन । यति मात्र हैन नेपालले सजिलै जित्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हार्दा टीमले पारसको सम्झना त गर्छ नै विपक्षीले पनि उनको याद गर्ने गर्दछन् ।

युएइमा हालै सम्पन्न आईसीसी विश्व लिग २ मा नेपालले चार खेलमा दुई पराजय व्यहोर्दा पारसकै सम्झना भयो । कमजोर पपुवा न्यूनिगीसंगको दुबै खेल जिते पनि समान हैसियतको युएईसंगको खेलमा लज्जास्पद पराजय व्यहोर्नुको कारण कमजोर ब्याटिङ थियो ।

टीमभित्र एकता नहुनु यसको ठूलो कमजोरी रह्यो । युएई जानुअघि क्यान र खेलाडीको विवाद, तत्कालीन कप्तान, उपकप्तानसहित खेलाडीलाई गरिएको कारबाही, पछि फुकुवाले टीममा एकता प्रदर्शन भएन ।

कप्तानले टीमलाई एकजुट बनाउने र प्रेरित गर्न असफल भएको देखियो । टी २० विश्वकपको छनोट खेलमा पनि यस्तै अवस्था रह्यो । टीममा स्पष्टतः दुई धार देखिएको छ । बलरहरुका एउटा धार जसले उच्च प्रदर्शन गरेका छन् भने ब्याटरहरुको अर्को धार, जो औपचारिकता निर्वाहका लागि मात्रै मैदानमा छिरेको भान हुन्यो ।

लिग २ मा युएईसंगको पहिलो खेलमा नेपाललाई जीतका लाग जम्मा १६९ रनको लक्ष्य दिएको थियो । तर नेपालले त्यो लक्ष्य भट्टाउन सकेन । जम्मा १२० रनमा अलआउट भयो ।

त्यस्तै युएईसंगकै दोस्रो खेलमा नेपाल ९९ रनले पराजित भयो । २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

युएई विरुद्ध बनाएको १०३ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो । नाम चलेका र अनुभवी ब्याट्सम्यानहरुको प्रदर्शन बिर्सनलायक रह्यो ।

नेपालले कम स्कोर पनि पछ्याउन नसकेपछि युएईका अलराउण्डर रोहन मुस्तफाले पूर्व कप्तान पारसको सम्झना गरे । उनले भने पारस खेललाई अन्त्यसम्म लैजाने क्षमता राख्दथे । नेपाल यो स्कोर पछ्याउन नसक्ने टोली होइन, तर ब्याटरहरुले राम्रोसंग खेल्न चाहेनन् ।

मुस्तफाले यति मात्र भनेनन् । बलरहरुले जति राम्रो प्रदर्शन गरे ब्याटरहरुले गर्न सकेनन् । खास गरी ज्ञानेन्द्र मल्ल जस्ता अनुभवी खेलाडीले आफ्नो भूमिका नै निर्वाह नगरेको पनि उनको आरोप थियो ।

एकदिवसीयमा त्यति रन पनि पछ्याउन नसक्ने हैसियत नेपालको पक्कै थिएन । तर ब्याटरहरुले खेललाई हारको दिशा दिए । उनको भनाईको अर्थ थियो नेपाली टोलीमा पारस नहुँदा दवाव पर्दैन जितका लागि ।

पारस टीम भावनाका विकास गर्न निपूर्ण थिए । आफू ब्याटिङमा असफल भए बलिङ र फिल्डिङममा पारसले उत्कृष्टता देखाउथे । उनमा एउटा अलराउण्डरमा हुनुपर्ने सबै गुण थियो । धैर्यता प्रचूर मात्रामा थियो । आज नेपाली टीमले पारसको खोजी गरिरहेको छ ।

पारसको सन्याससंगै नेपाली क्रिकेट ओरालो लाग्ने त हैन भन्ने चिन्ता अहिले छ । नेपाल क्रिकेट संघ (क्यान) जहिल्यै विवादमा परिरहने, खेलाडीहरुसंग प्रतिष्ठाको लडाइ लड्न र उनीहरुको सेवा सुविधालाई ध्यान नदिएको परिणाम ओमान र युएइ भ्रमणको नतिजा हो ।

२०२२ को टी २० विश्वकपको मुखैमा पुगेको नेपाल रित्तो हात फर्कन बाध्य भयो । खेलाडीहरुको मनोबल उच्चरुपमा गिरेको त्यहाँ देखिएको थियो भने युएई भ्रमणले त्यसलाई छताछुल्ल पारेको छ ।

आशा गरौं क्यानले नयाँ पारसको जन्म गराउँछ र देशको क्रिकेटलाई योभन्दाा माथी लैजान नसके पनि यथास्थितिमा राख्न सफल हुनेछ । अर्कोतिर खेलाडीहरुले क्यनका लाग हैन २ कराड ९१ लाख नेपाली जनताका लागि खेल्ने हो भन्ने बिर्सनु भएन । अहिलेको क्रिकेट स्टारहरुलाई क्यानलेभन्दा जनताले बढी सम्मान दिएका छन्, त्यो सम्मानको कदर गर्न उनीहरु चुक्नु हुँदैन ।

 

क्यान र खेलाडी विवाद पोखिएको हो मैदानमा ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.