राजनीति
प्रधानमन्त्री बालेन्द्र समक्ष ज्ञानेन्द्र शाहीको ९ बुँदे माग
प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको कोशी र कर्णाली प्रदेशका सांसदहरुसंगको छलफलका क्रममा जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि ९ बुँदे माग राख्नुभएको छ ।
सांसदहरूसँग प्रदेशगत रुपमा परामर्श लिइरहनुभएका प्रधानमन्त्री बालेन्द्रसमक्ष सांसद शाहीले कर्णाली प्रदेशको विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोग लगायतका ९ बुँदे माग लखित रुपमा बुझाउनुभएको छ ।
जवाफमा प्रधानमन्त्री बालेन्द्रले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक नीतिगत तथा संरचनागत सहयोग प्रदान गर्ने आश्वासन दिनुभएको छ । उक्त भेटमा कर्णाली प्रदेशबाट निर्वाचित सबै सांसदहरू उपस्थित थिए ।






प्रतिक्रिया राख्नुहोस्