राजनीति

सरकार र प्रमुख प्रतिपक्षी दल संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको तयारीमा

सरकारले संवैधानिक आयोगमा रिक्त रहेको पद पूर्तिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेतासंग छलफल सुरु गरेको छ ।

शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गर्नुभएको हो ।

२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.