क्रिकेटखेल

आइपिएलमा राजस्थानको विजयी सुरुवात, चेन्नई आठ विकेटले पराजित

इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै राजस्थानले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

राजस्थानको घरेलु मैदान गुवाहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई १९ दशमलब ४ ओभरमा १ सय २७ रनमा अलआउट भएको थियो । चेन्नईका लागि जेमी ओभरटर्नले ३६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए भने कात्तिक शर्माले १८ र सरफराज खान १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्र बर्गर र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिए भने ब्रिजेश शर्मा, रवि बिष्नोई र सन्दिप शर्माको भागमा समान एक-एक विकेट रह्यो । चेन्नईले प्रस्तुत गरेको १ सय २८ रनको सामान्य लक्ष्य राजस्थानले १२ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले भने यशस्वी जैसवाल ३८ रनमा अविजित रहे । यस्तै धुव्र जुरेलले १८ रन जोड्दा कप्तान रियान पराग १४ रनमा अविजित रहे । चेन्नईका लागि अन्शुल कम्बोजले दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज राति पौने आठ बजे पञ्जाब किंग्स र गुजरात टाइटन्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.