राजनीति

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त हुनुभएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत

प्रधान न्यायाधीश राउत ६५ वर्षे उमेर हदका कारण आज देखि अवकाशमा जान लाग्नुभएको हो । वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि राउत प्रधानन्यायाधीश बन्नुभएको हो ।

राउतले अवकाश लिएसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनु हुनेछ । मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.