राजनीति

प्रधानन्यायाधीश राउत सेवानिवृत्त

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । उहाँलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गर्नुभयो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत

विंस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त हुनुभएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएको हो । उहाँको अवकाशपछि बुधबारदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.