राजनीति

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ ।

पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि शनिबार साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.